Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लस एन्जेलसमा भानुजयन्ती

एचकेनेपाल डट कम संवाददाता-
आर्टिसिया शहर, लस एन्जेलसमा आदिकवि भानुभक्त आचार्यको २०१ औँ जयन्ती मनाएको छ।

अनेसास उपाध्यक्ष डन बहादुर कार्की तथा कवियत्री तुलसा कार्कीको आतिथ्यमा गत शनिववार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) लस एन्जेलस च्याप्टरद्वारा भानुजयन्ती भव्यताका साथ मनाईएको हो।

आदिकवि भानुभक्त आचार्यको तस्विर अगाडि सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गर्दै शुभारम्भ गरेको कार्यक्रम कवि प्रकाश चन्द्र घिमीरेले संचालन गर्नु भएको थियो। कवि तथा Baramase.com का प्रधान सम्पादक तिलक कार्कीले फोटोग्राफी र भिडियो रेकर्डिङमा सहयोग पुर्याउनु भएको थियो। बिष्णु पौडेलले आदिकविको व्यक्तित्वबारे प्रकाश पार्नु भएको थियो।

कवि गोष्ठीमा वरिष्ठ कवि राकेश कार्की, कविता कार्की, तिलक कार्की, प्रकाश चन्द्र घिमिरे, डन बहादुर कार्की, तुलसा कार्की, शारदा श्रेष्ठ, ललित श्रेष्ठ, मिलन लम्साल, राम लामा, सुशीला न्यौपाने, शान्तीराम ढकाल, शोभित भेटवाल, प्रेम गुरागाईँलगायतले कविताहरु पाठ गर्नुभएको थियो। बेला बेलामा श्रोताबृन्दको तालीको गडगडाहटले भानुभक्त र नेपाली भाषाप्रतिको माया हृदयदेखि नै झल्केको भान हुन्थ्यो।





Comments

comments

589