कोलोराडोमा ‘नेपाल डे परेड’

नातिबाब भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका । नयां बर्ष २०७२ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले सुन्दर नगर बोल्डरमा “नेपाल डे परेड” हर्सोउल्लासका साथ सम्पन्न गरेका छन्।

“नेपाल डे परेड” कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्डर काउन्ट्रिका काउन्ट्रिकमिस्नर देव ग्राडनर, नेपाली राजदूतावासका मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनाली स्थानीय संघ संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

भौगोलिक हिसावले नेपालसंग मिल्दो जुल्दो सुन्दर नगर बोल्डरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरिकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी, वैद्धिक सनातन भजन मण्डलीको संगीतको तालमा नेपाली गीत तथा भजन गाउंदै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गन्यू चोलो लगाएर आएका थिए भने कोही आफ्नो जातीय भेषभूषा संस्कृति झल्कने पहिरहनमा सजिएर आएका थिए। अमेरीकी भूमिमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महशुस हुन्थ्यो।

झण्डै ३ सय नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति मायां र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागीता रहेको थियो। बाटाका छेउछाउका दर्शकहरुले भने ह्याप्पी न्यु एयर, नमस्ते भन्दै ताली पीटेर स्वागत गरेका थिए। कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आफ्नो दौतरीसंग आफ्नो रिती र परंम्परा अनुसार शुभकामना साटासाट गरिरहेका थिए।

कोलोराडोस्थित बोल्डर सिटी एण्ड काउन्ट्रिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो साता नेपालीहरुको नयां बर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो। अमरिकामा रहेका पचास स्टेट मध्ये कोलोराडोमा मात्र यस्तो किसिमको कार्यक्रकम गर्ने गरिएको छ। नेपालीहरुका दिवस भनेर अमरीकी सरकारबाट स्वीकृत भएको यो पहिलो र एक मात्र सूचीकृत कार्यक्रम हो।

बोल्डर नगरमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको हो।

विशेष अतिथिको रुपमा बोल्दै मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनालीले सयौं भाषा र संस्कृति भएको हाम्रो जस्तो देशले यस्ता किसिमका कार्यक्रमगर्दा दुई देशबीच संस्कृति आदानप्रदानमा महत्वपूर्ण टेवा पुग्ने बताए। त्यसैगरी बैद्धिक सनातन भजन मण्डलीका अध्यक्ष हरि उप्रेतीले हामी भुटनीज भएपनि हाम्रा पुर्खा नेपालबाटै भुटान गएका र आफूहरु पुनः नेपाल हुंदै अमेरिका आएको बताउदै एक पटकको नेपाली सधैंको नेपाली भएको बताए।

आयोजक समितीका संयोजक नवराज श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै गत बर्ष बिशेष कारणवस परेडलाई निरन्तरता दिन नसकिएता पनि आगामी बर्षहरुमा सवैको सल्लाह र सुझाव लिई यसलाई अझ बिस्तृत बनाउने जनाए। कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय एक समिति गठन गरिएको थियो।

फोटोहरूः नातिबाब भट्ट / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

5906