Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुनसरी बन्द, सर्वसाधारणलाई सास्ती

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान ६ असार। सहमति विपरित तेह्रथुमबाट काठमाडौको लागि रात्रि वस सञ्चालन गरेको भन्दै कोशी राजमार्गमा व्यवसायीहरुले यातायात वन्द गरेका छन्।

उनीहरुका बन्दका कारण धरानबाट पहाडी जिल्लाहरु संखुवासभा, धनकुटा, भोजपुर, तेह्रथुमलगायत जिल्लाहरुमा दैनिक चल्ने १ सय ५३ वस र एक सयको हाराहारीमा माइक्रोवस ठप्प भएका छन्। व्यवसायीहरुको वन्दका कारण पूर्वी पहाडी जिल्लाहरु संखुवासभा, धनकुटा, भोजपुर, तेह्रथुमलगायतका जिल्ला हिडेका यात्रुहरु धरानमा अलपत्र परेका छन्।

व्यसायीहरुले पूर्व जानकारीविना वन्द गरेको कारण यात्रुहरु मारमा परेका हुन्। मितेरी यातायात प्रालिले धनकुटाको हिलेबाट काठमाडौका लागि रात्रि वस सञ्चालन गर्ने सहमति गरे पनि तेह्रथुमको म्याङ्लुगबाट रात्रि वस सञ्चालन गरेको कारण आफूहरु मारका परेकोले आन्दोलित हुनु परेको कोशी बस व्यवसायीका उपाध्यक्ष तथा कोशी पहाडी रुट व्यस्थापन समितिका संयोजक नन्दु लम्सालले जानकारी दिए।

कोशी पहाडी जिल्लामा श्रमजीवी व्यवसायीका यातायात सञ्चालनमा रहेको वताउदै उनले ठूलो लगानी हुनेहरुले आफूहरुलाई विस्थापित गर्न खोजेको आरोप लगाए। उनले समहाति अनुरुप धनकुटा हिलेबाट मात्र रात्रि वस सञ्चालन गरि तेह्रथुमवाट वन्द नगरेसम्म आफूहरु यातायात सञ्चालन नगर्ने वताए। तेह्रथुमवाट रात्रि बस संचालन नभएसम्म आन्दोलन जारी रहने बताए।

लामोे रुटमा यातायत सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने तथा स्थानीय स्तरमा सानो पुंजीमा यातायात सञ्चालन गरिरहेका स्थानीय व्यवसायी मारमा पर्ने उनको जिकिर छ। धरानवाट पहाडी जिल्लाहरु संखुवासभा, धनकुटा, भोजपुर, तेह्रथुमलगायत जिल्लाहरुमा दैनिक १ सय ५३ वस र एक सयको हाराहारीमा माइक्रोवस सञ्चालनमा रहेका छन्।

व्यवसायीको आन्दोलनका कारण आज विहानैदेखि वस तथा माइक्रोवस सञ्चालनमा आएका छैनन्। कोशी पहाडी जिल्लामा चल्ने यातायातका व्यवासायीहरुले आपसी समझदारीमा आपोपालो प्रक्रियामा यातायता सञ्चालन गर्दै आएका छन्।

तस्वीरहरूः सन्तोष काफ्ले / एचकेनेपाल डट कम





Comments

comments

597