क्रान्तिकारी पत्रकारको सम्मेलन भदौको दोस्रो साताभित्र

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ६ साउन। क्रान्तिकारी पत्रकार संघ कास्कीको अक्षयकोषका लागि सभासद तथा एमाओवादी नेतृ तेजकुमारी पौडेलले पाँच हजार पाँच सय ५५ रुपैया आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

संघले थमन महेश स्मृति पत्रकारिता पुरस्कारसहित श्रमजीवी पत्रकारहरुको सुरक्षाका लागि अक्षयकोष निर्माणका लागि सुरु गरेका आर्थिक संकलन अभियानमा सभासद पौडेलले सहयोग गर्नुभएको हो। सभासद पौडेलले मंगलवार संघका कास्की संयोजक त्रिभुवन पौडेललाइ उक्त रकम प्रदान गर्नुभएको हो।

पुरस्कारका लागि हालसम्म करिब डेढ लाख संकलन भएको आर्थिक सहयोग संकलन समितिका संयोजक तथा क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य रुद्र भट्टले जानकारी दिनुभयो।

हालसम्म पुरस्कारका लागि कोमलनाथ बरालले ४० हजार, बिश्व प्रकाश लामिछानेले २५ हजार, भानुभक्त अधिकारीले २५ हजार, तारा गिरीले १५ हजार, दुर्गा पहारीले १५ हजार र बुद्धिमाया परियारले १० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ । त्यसैगरी क्रान्तिकारी पत्रकार संघ कास्कीका सदस्यहरुले पनि कोषका लागि आर्थिक सहयोग प्रदान गरेका छन्।

समितिका संयोजक भट्टका अनुसार तत्काल अक्षयकोषमा पाँच लाख र पछि १० लाख बनाउने लक्ष्य रहेको छ।

यसैबिच, क्रान्तिकारी पत्रकार संघ कास्कीले स्थगित भएको जिल्ला सम्मेलन समेत भदौको दोस्रो साता भित्र सम्पन्न गर्ने तयारी गरेको छ।

“नयाँ नेतृत्व चयन गर्ने जिल्ला सम्मेलन भदौको दोस्रो साता भित्र गरिनेछ । त्यसका लागि सदस्यता वितरण कार्य सुरु हुनेछ ।” संघका जिल्ला संयोजक पौडेलले भन्नुभयो–“सम्मेलनकै क्रममा थमन महेश पत्रकारिता पुरस्कार २०७१ बाट संघका संस्थापक अध्यक्ष महेश्वर दाहाललाइ सम्मान गरिनेछ ।” पौडेलका अनुसार एक÷दुइ दिन भित्रै बसेर सम्मेलनको मिति घोषणा गरिनेछ।





Comments

comments

603