निर्वाचनले देश र जनताको भविष्य बनाउँछः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्।

आगामी मंसिर ४ को निर्वाचनलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन र विकासको लागि आगामी निर्वाचनमा राप्रपालाई मत दिन आग्रह गरे।

सोही चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाका पूर्वध्यक्ष पशुपति शमशेर राणाले समग्रमा देश विकासको कामलाई राप्रपाले नेतृत्व दिने र त्यसका लागि आगामी निर्वाचनमा मत दिन आग्रह गरे।

उनले संसद्मा पुगेर सुनौलो देश निर्माणका लागि खबरदारी गर्ने बताए। रासस





Comments

comments

61127