हङकङ : गोल्डेन बिच ट्युन मुनमा एक महिलाको डुबेर मृत्यु..

एचकेनेपाल डट कम –

हङकङ, १२ नोभेम्बर । ट्युन मुनस्थित गोल्डेन बिचमा एक महिलाको शनिवार बिहान डुबेर मृत्यु भएको छ।

स्थानीय मिडियाका अनुसार आज बिहान ८.२७ बजे, प्रहरीले ट्युन मुनको गोल्डेन बिचमा एक बेहोस महिला फेला परेको खबर प्राप्त गरेको थियो।

उद्धारकर्मीको टोलीले निरीक्षण गर्दा पीडित महिलाको मृत्यु भइसकेको पुष्टि गरेको छ।

आज बिहान ९ बजे प्राइम भ्यू गार्डेनको ब्लक ३ का एक पुरुषबाट श्रीमतीले आत्महत्या गरेको चिठ्ठी छोडेर गएको खबर प्रहरीले प्राप्त गरेको थियो।

अनुसन्धानपछि मृतक सूचना दिनेकी श्रीमती भएको खुलेको हो। उनले घटनास्थलमा आएर श्रीमतीको शव पहिचान गरेका थिए।

यदि कसैसंग वा कोही आत्महत्या गर्ने प्रवृत्ति वा डिप्रेसनमा छन् भने कृपया 24-घण्टा बहु-भाषिक हटलाइन The Samaritans Hong Kong: 28960000 मा कल गरेर सहयोग गर्नुहोस्।





Comments

comments

61261