Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाल्टिमोरमा खड्ग गर्बुजाको एकल साँगीतिक साँझ

बिजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया। नेपालको सर्बाधिक चर्चित लोक गायक खड्ग गर्बुजाको ठेट लोक गीत सुन्न बाल्टिमोरमा ६ सयभन्दा बढी नेपाली जम्मा भए।

अमेरिकामा पहिलोपटक आयोजना गरिएको “खड्ग गर्बुजा एकल साँगीतिक साँझ” मा प्रति ब्यक्ति ३० डलर प्रवेश शुल्क तिरेर ६ सय भन्दा बढ्ता नेपालीहरु जम्मा भएको कुरा न्युयोर्कबाट आएका मान बहादुर राना मगरले बताए। अमेरिकामा हुने गर्ने नेपाली साँस्कृतिक कार्यक्रमहरुमा संधै ड्याङ्ग ड्याङ्ग, डुंगडुंङ्, ढ्याक ढ्याक र ढुस् ढुस् गर्ने पप् गीत, डि. जे., हिन्दी गीत र अंग्रेजी गीत प्रस्तुत हुने गर्दछ भने मगर संघ, अमेरिका त्यस्तो एक मात्र संस्था हो जसले बिदेशमा पनी नेपाली लोक संस्कृति संरक्षण गर्न ठेट लोक भाका प्रस्तुत गर्ने गर्दछ।

यसपटक आयोजित ठेट लोक भाकामा सर्बाधिक चर्चित गायक खड्ग गर्बुजाको एकल साँगीतिक साँझमा बिशेषगरी नेपालको मगर समुदायको प्रचलित गीत गाउँका जात्राहरुमा एक मिनेट पनी बिश्राम नगरिकन ७ दिन ७ रातसम्म नाच्दै गाईने गीत “ख्याली”, म्याग्दी बाग्लुङ्ग तिरको भूमे पूजामा ७ दिन ७ रात सम्मै गाईने गीत “भईच साँईला”,गोरखा/लम्जुङ्ग/तनहुँ/कास्की/पर्बत/गुल्मी/रुकुम/रोल्पा/म्याग्दी/बाग्लुङ्ग तिरको बहुप्रचलित र बहुचर्चित भाका “सालैजो” र “यानीमाया” साथै नेपालको १४ अञ्चल ७५ वोतै जिल्लाको नौमती (पञ्चे) बाजाको भाकामा २००-३०० जनाको समूहलाई नै खड्ग गर्बुजाले रातिको २ बजे सम्म नचाए, कार्यक्रममा उपस्थित म्याग्दीका खेम भट्टचनले भने।

म्यारिल्याण्ड र पेन्सिल्भानिया राज्यको लागि नेपाल सरकारका अवैतनिक महा-बाणिज्यदूत बरिष्ठ लोक गायक प्रेमराजा महतले पनि खड्ग गर्बुजालाई साथ दिंदै दर्शकहरुलाई नचाए-बाल्टिमोरबाट प्रभु थापाले भने। कार्यक्रमको “हल” रातिको १२.०० बजे सम्मलाई लिईएको थियो तर ३०० जति कुर्सिमा बसेर हेर्ने र अर्को ३०० जति मंच अगाडी गएर नाच्ने गरेर प्रेमराजा महत र खड्ग गर्बुजालाई गीत सकेर मंचबाटै जानै नदिएकाले १२.०० बजे सम्मको हललाई महँगो शुल्क तिरेर रातिको २.०० बजेसम्म थप्नु परेको आयोजक मगर संघ अमेरिकाका अध्यक्ष भूतपूर्व ब्रिटिश गोर्खाज/६ जि. आर. का क्याप्टेन दल बहादुर रोकाले बताए। बाल्टिमोरको साथै न्युयोर्क र क्यालिफोर्नियामा पनि खड्ग गर्बुजाको कार्यक्रम हुने बताईएको छ।





Comments

comments

627