Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चलचित्र ‘ठूली’ तीजमा नेपाल र अमेरिकामा भाद्र २२ गते प्रदर्शन गरिने

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया। नेपाली कथानक चलचित्र ठूली नेपालमा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आउदो भाद्र ६ गते प्रदर्शन हुने भएको छ।

त्यस्तै अमेरिकामा नेपाल पछि भाद्र २२ गते प्रदर्शन गरिने भएको छ। हालै चलचित्र ‘ठूली’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र “ठूली”एउटा सम्भावना बोकेको चलचित्रको रुपमा हेर्न थालिएको छ।
​ ​
निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्नु भएको चलचित्र “ठूली”को गीत संगीतले बजारमा दर्शक तथा स्रोताको मन जित्न सफल भईसकेको छ।

सत्य घटनामा आधारित महिलाहरुको बिषय वस्तुलाई केन्द्र बनाई निर्माण गरिएको चलचित्रमा बोक्सी तथा तीज सम्बन्धि कथावस्तु राखिएको छ भन्दै अमेरिकामा रहेका कलाकार तथा चलचित्रका निर्माता पुस्कर पन्त बताउछन्। पुस्कर पन्त भन्छन् नेपाल पछि सबै भन्दा पहिला अमेरिकामा सेप्टम्बर ७ तारिखको दिन डिसी महानगर क्षेत्रमा देखाईने छ।

ठूली अहिलेको चर्चित तथा सार्क फिल्म उत्सब २०१४ पुरस्कार बिजेता अभिनेत्री गरिमा पन्त र जीवन लुइटेलको जोडदार अभिनय रहेको जनाइएको छ। निर्देशक पनि चलचित्र सफल हुनेमा पूर्ण बिश्वस्त छन्। एभरेष्ट कला यात्रा चलचित्रको झण्डामा पुस्कर पन्तले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन्।

चलचित्रमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडीलगायतको मुख्य अभिनय रहेको छ।
​ ​
शेर बहादुर लामाले छायांकन गरेको चलचित्रमा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्धन्द, बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ। चलचित्रमा काठमाडौँ चितवनलगायतका विभिन्न स्थानमा छायांकन गरिएको छ।





Comments

comments

625