Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पपीडितका लागि ल्याइएको राहत सामग्री व्यापारीको गोदाममा

लुम्बिनी (रूपन्देही), वैशाख २० – भूकम्पपीडितका लागि भारतबाट ल्याइएको राहत सामग्री भैरहवाको एक निजी राइस मिलबाट बरामद गरिएको छ।

छिमेकी मुलुक भारतको वाराणसीमा रहेको कैलाशपुरी सेवा आश्रमबाट युपी६३जे ९१०० नम्बरको ट्रकमा आएको सो राहत सामग्री सिद्धार्थनगर नगरपालिका–४ मा रहेको आचार्य राइस मिलबाट आज दिउँसो बरामद गरिएको रूपन्देही प्रहरीले जनाएको छ।

उक्त राइस मिल हिन्दू स्वयम्सेवक सङ्घ नेपालका सञ्चालक हेम शर्माको रहेको प्रहरीले खुलासा गरेको छ।

बरामद गरिएको सामानमा ५० क्विन्टल चना, एक सय कार्टुन बिस्कुट, तीन क्विन्टल चियापत्ती, २० कार्टुन फ्रुटी, १० झोला दूध, एक सय थान कम्बल र त्रिपाल बनाउन प्रयोग गरिने १५ थान ठूला पाल रहेको रूपन्देहीका एसपी राजेन्द्र ढकालले जानकारी दिनुभयो।

मिलका सञ्चालक शर्माले भने गाडी चालकले राहत लैजान नसक्ने बताएपछि आफ्नो गोदाममा थन्क्याइएको बताउनुभयो। राहत सामग्री गाडीबाट झिकेर गोदाममा थन्क्याइ साँचो लगाएको अवस्थामा प्रहरीले फेला पारेको थियो। यसबारे प्रहरीबाट थप अनुसन्धान भइरहेको छ। (रासस)





Comments

comments

Leave a Reply

6279