प्याकियाओलाई हराउंदै मेयवेदरले रचे अर्को इतिहास…

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अमेरिकाका अपराजित प्रसिद्ध बक्सिङ्ग (मुडकी)का सम्राट फ्लोइड मेवेदरले फिलिपिन्सका बिश्व प्रख्यात म्यानी प्याकियाओलाई पराजित गरेका छन्।

अमेरिकाको लस भेगासको एमजीएम ग्रान्ड गार्डनमा भएको ईतिहास कै सबैभन्दा महँगो खेल बक्सिङमा मेवेदरले अंकको आधारमा म्यानी प्याकियाओलाई हराएका हुन्।

भिडन्तमा मेवेदरले दुई वटा निर्णायकबाट क्रमशः ११६– ११२ अंक प्राप्त गरेका थिए भने तेश्रो निर्णायकबाट ११८–११० अंक प्राप्त गरेका थिए।

२००९ देखि नै दुई खेलाडीबीच भिडन्त गराउन अथक प्रयास गरिएता पनि अन्तत्वगत्वा २०१५ मा ब्रम्हाण्ड कै घगडान दुईबीच भिडेका थिए। अहिलेसम्म कै ईतिहासको सबै भन्दा ठूलो राशि भएको खेलमा मेवेदरले म्यानी प्याकियाओलेलाई पराजित गर्दै डब्लुबिए वेल्टरवेट तौल समूहको प्रतिस्पर्धामा विजय हासिल गरेका छन्। प्रतिरक्षाका उस्ताद मेवेदरले लगातार ४८ पटक बिजयी गर्दै यो शताब्दी कै सर्बोकृष्ठ मुडकीवाज बनेका छन्।

फिलिपिन्सका म्यानी प्याकियाओ २०१२ मा लगातार दुई पटक पराजित भए पनि २०१३ देखि लगातार ३ पटक बिजयी भएका थिए। तेज तथा कडा मुड्कीको प्रहार गर्न सिपालु प्याकियाओले अनुमान गरे अनुसार मेवेदरसंग खेल देखाउन सकेनन्।

अहिलेसम्मको ईतिहासमा म्यानी प्याकियाओले फ्लोइड मेवेदर जस्ता प्रख्यात खेलाडीसंग कहिले पनि भिडेका थिएनन् भने फ्लोइड मेवेदरले पनि म्यानी प्याकियाओ जस्ता उत्कृस्ट खेलाडी कहिले पनि सामना गरेका थिएनन्।

विश्वका प्रख्यात पूर्व बक्सिङ खेलाडीहरु महमद अलि,जर्ज फोरम्यान, माइक टाइसन, होलिफिल्ड,सुगर रे ,मिगल कोटो ,टिमोथी ब्राडली,क्रिस अल्जेरी , अस्कर दे ला होयाले म्यानी प्याकियाओको जित्ने भबिष्य वाणी गरेका थिए।

प्रशंसकहरुको लागि आफूले खेलेको भन्दै आएका म्यानी प्याकियाओको हारले खेल प्रेमी, उनका प्रशंसक तथा बिश्वभर दुखि भएका छन्। फ्लोइड मेवेदरले यो खेलपछि अवकास लिने घोषणा गरेका थिए भने उनको जितपछि उनका प्रशंसक ज्यादै हर्षित भएका छन्।

भिडन्त हुनु भन्दा अगाडि प्रत्यक्ष प्रसारणमा बिश्वभर गरिएको मत सर्वेक्षणमा म्यानी प्याकियाओको पक्षमा ५८ प्रतिशत र मे वेदरको पक्षमा ४२ प्रतिशत मतले जित्ने मतदानले देखाएको थियो।

ट्वीटरमा ६७ प्रतिशतले प्याकियाओले जित्ने भनि मतदान गरेका थिए भने ३२ प्रतिशतले मात्र मे वेदरले खेल जित्ने छन् भनि मतदान गरेका थिए।

पराजित भएका म्यानी प्याकियाओले नेपालमा गएको विनासकारी भूकम्पले जनधनको ठूलो क्षति भएकोमा तालिमलाई थाती राख्दै दुख व्यक्त गरेका थिए। प्याकियाओले यस दुखद घडीमा धैर्य धारण गर्न सक्ने आत्मबल नेपाली जनतालाई मिलोस् भनि अनुहार किताब मार्फत लेखेका थिए।

जित हार जे भएता पनि यो खेल पुनः खेलाइने भनि सम्झौता नगरिएको जनाईएको थियो। खेल समाप्त हुन साथ मे वेदरले आफूले जितेको महसुस गर्दै खुशियाली मनाउन सुरु गरेका थिए भने म्यानी प्याकियाओले आफूले जितेको होला भन्ने ठानेको बताएका थिए।





Comments

comments

Leave a Reply

6287