Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
क्याम्पस पढ्ने यी विद्यार्थी, चिया बेचेर बचत गर्छिन् ६० हजार – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

क्याम्पस पढ्ने यी विद्यार्थी, चिया बेचेर बचत गर्छिन् ६० हजार

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्षकी भइन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यही उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्।

उनले तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छन्। बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन्। बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्ने गरेकी छन्।

‘चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ। घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छु,’ उनले भनिन्।

विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताइन्। माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उनी पढ्नका लागि तम्घास आएकी हुन्।

उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सकेकी छन्। उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो। यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गरिन्।

चिया पकाउने थर्मसमा राख्ने र बजार डुलेर चिया बेच्ने उनले बताइन्। तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छन्। अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन्।

‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ। मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन’, उनले भनिन्।

तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनको भनाइ छ।

आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन्।

उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ। कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन्।

कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन्। उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छन्।

उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन्।

विपनाका बुवा हरिबहादुर कृषक छन् भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका छन्।

विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन्।

उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन्। लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ। विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन्।

रासस





Comments

comments

63385