Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पले चर्किएको घरमा सुत्दा पुरिएर मृत्यु …

चरिकोट (दोलखा), २३ वैशाख । दोलखा जिल्लामा चर्किएको घरमा सुतेका एक पुरुषको पुरिएर बुधबार मृत्यु भएको छ।

बुधबार बिहान आएको भूकम्पबाट चर्किएको घरभित्र सुतेका बिगु गाविस–२ का ५६ वर्षीय बिर्खबहादुर नेपालीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अजय केसीले जानकारी दिनुभयो। क्षतिग्रस्त घर बुधबार बिहान चार वजेतिर आएको सानो भूकम्पको धक्काले भत्किन पुगेको थियो।

यसैगरी बाबरे गाविस–४ का ५४ वर्षीय ज्ञानबहादुर बुढाथोकीको शव उनकै घरमा पुरिएको अवस्थामा भेट्टिएको प्रहरीले जनाएको छ। योसंगै दोलखामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने घाइतेको सङ्ख्या ३०२ रहेको छ। (रासस)





Comments

comments

Leave a Reply

6350