उद्धारमा आएको चिनियाँ हेलिकोप्टरले एयरपोर्टमा बासै पाएन …

काठमाडौं, वैशाख २३- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर पार्किङका लागि स्थान साँघुरो भएपछि चिनियाँ हेलिकोप्टरको बास केरुङमा हुने भएको छ।

भूकम्प पीडितको उद्धार र राहतका लागि आजै मात्र चीन सरकारले उपलब्ध गराएका तीन वटा एमआई १७ हेलिकोप्टर विमानस्थलमा अवतरण गरेका थिए। ती चिनियाँ हेलिकोप्टरले आज सिन्धुपाल्चोकमा राहत तथा उद्धार सामग्री पु¥याउन उडान गरेका थिए।

चिनियाँ हेलिकोप्टरलाई सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकमा राहत तथा उद्धार सामग्री पु¥याउने जिम्मेवारी तोकिएको छ। विमानस्थलमा राहत सामग्री लिएर आएका विमानको उडान तथा अवतरण, राहत एवम् उद्धारमा जुटेका अन्य मुलुकका हेलिकोप्टरहरु उल्लेख्य सङ्ख्यामा रहेका कारण चिनियाँ हेलिकोप्टरका चालकले बासका लागि केरुङ लैजाने जानकारी दिएको गृह मन्त्रालयका एक अधिकारीले बताए।

नेपाली सेनाका ६, निजी क्षेत्रका ६, भारतबाट आएका १४ र अमेरिकाको ६ वटा हेलिकोप्टरले भूकम्पपछि राहत तथा उद्धारका लागि उडान भर्दै आएका छन्। (रासस)





Comments

comments

Leave a Reply

6360