Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङबाट आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको लागि ३ लाख रुपैयाँ सहयोग… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङबाट आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको लागि ३ लाख रुपैयाँ सहयोग…

एचकेनेपाल डट कम –

हङकङ, २० डिसेम्बर। सहारा क्लब हङकङले २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ३ लाख रुपैयाँ सहयोग गरेको छ।

सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि पोखरा रंगशालामा २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता गर्दैछ।

सहारा क्लब हङकङका उपाध्यक्ष खम गुरुङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले हालै सम्पन्न स्व.बिल तामाङ स्मृति सहारा फुटबल कपको आयव्यय समेत सार्वजनिक गरेको छ । जसमा १ लाख ३९ हजार आम्दानी भएकोमा खर्च कटाएर ६१ हजार हङकङ डलर बचत भएको जनाइएको छ।

यसैगरी, यही २५ डिसेम्बरमा हुन लागेको गोर्खा कपमा क्लबले आफ्नो तर्फबाट सहभागिता जनाउने निर्णय पनि गरेको छ।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखरा मोफसलको चर्चित क्लब हो। क्लबले पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ।

क्लबले निरन्तररुपमा गएको दुई दशकदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । सहारा क्लब पोखराले पहिलो पल्ट २०५८ सालमा क्याराभान गोल्डकप गरेको थियो । यसपालिको प्रतियोगितामा आयोजकसहित १० टिमले भाग लिने छन्।





Comments

comments

63510