Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पले नेपालको नक्शा नै फेरि दियो…

काठमाडौं, वैशाख २४ – भूकम्पले मध्य, पूर्व र पश्चिमाञ्चलका विभिन्न क्षेत्रमा राखिएका जग्गा नापजाँचका सन्तुलन बिन्दुहरू ध्वस्त हुँदा मुलुककै नक्सांकनको दिशा परिवर्तन हुने भएको छ।

नापी विभागले भूकम्पपछि उपत्यकाका विभिन्न पाँच नियन्त्रण बिन्दुबाट जीपीएस प्रविधिबाट सर्वेक्षण गर्दा डेढ मिटर हाराहारीमा दक्षिण पश्चिम सरेको निष्कर्ष निकालेको समाचार अन्नपूर्ण पाेस्ट दैनिक छ।

भक्तपुरको नगरकोट, ललितपुरको फूल्चोकी डाँडा, बुङमतीको लाखेडाँडा, काठमाडौंको स्वयम्भू, नुवाकोटको कुमारीडाँडामा जग्गा नापजाँच र नक्सांकनका लागि राखिएका नियन्त्रण बिन्दुमा नापी विभागले भूकम्पपछि जीपीएस प्रविधिमार्फत अध्ययन गर्दा ती बिन्दु ध्वस्त भएको र पुन: सर्वेक्षण गर्नुपर्ने देखिएको छ।





Comments

comments

Leave a Reply

6362