गाडी भीरबाट खस्दा ६ को मृत्यु, १० घाइते…

ताप्लेजुङ्, वैशाख २४ – ताप्लेजुङमा विहिबार बिहान गाडी दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार ताप्लेजुङ्को थेचम्बु गाविसबाट सदुमसुकामका लागि छुटेको मे १ ज ५७२८ नम्बरको पिकअप मेची राजमार्गको ताप्लेजुङ नगरपालिका ८ धुसेनमा भिरबाट खसेको हो।

घाइतेहरूमा जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ। दुर्घटनाको बेला पिकअप भ्यानमा १६ जना सवार थिए। उद्धार कार्य जारी रहेपनि मृतकहरूको सनाखत भइसकेको छैन।





Comments

comments

Leave a Reply

6364