सलमान खानले पैसा र पावरको आडमा के मात्र गरेनन् …

नयाँदिल्ली, २४ वैशाख । बलिउड नायक सलमान खानलाई पाँच वर्षको कैद सजाय फैसला भएपछि उनका ज्यादती बाहिर आउन थालेका छन्। अदालतको फैसलासँगै सलमान र उनको परिवारमा आठ रेक्टर स्केलको भूकम्प गएको छ अहिले।

१३ वर्ष अगाडि भएको दुर्घटनाको प्रत्यक्षदर्शी एक प्रहरी जवानलाई उच्च अधिकारीहरूसँग मिलेर सलमानले हदैसम्मको दुःख दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मुम्बई पुलिसमा जवान पदमा कार्यरत रविन्द्र पाटिललाई तत्कालीन समयमा सलमानले बयान फेर्न दवाव दिएका थिए।

सलमानको दवावलाई वेवास्ता गर्दै रविन्द्रले दोषीले सजाय पाउनै पर्नेभन्दै मानेका थिएनन्। सलमानको दवाव नमानेपछि रविन्द्रले हदैसम्मको दुःख पाएर ज्यान गुमाउनु परेको तथ्य बाहिर आएको छ।


घटनाका प्रत्यक्षदर्शी रविन्द्र पाटिल नझुक्ने अठोटमा (फोटोमा वायाँ), सलमानको दवाव नमानेपछि रविन्द्रले हदैसम्मको दुःख पाएर ज्यान गुमाउनु पर्यो…

रविन्द्रलाई सलमानका कानुन व्यवसायीले विभिन्न खालका प्रश्न सोधेर सधैं हैरान बनाउने गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । रविन्द्रले मानसिक दवाव झेल्न नसकेपछि घर छाडेर भागेका थिए।

तिनै प्रत्यक्षदर्शीको बयानका आधार बनाएर अदालतले सलमानलाई पाँच वर्षको कैद सजाय तोकेको हो। दुर्घटनाको फैसला हुन १३ वर्ष लागेको यो मुद्दामा सलमानलाई दुई घण्टामै जमानत दिइएकोमा भारतमा आलोचना सुरू भएको छ। आलोचकहरूले भारतीय उच्च न्यायालयको विरोधसमेत गरेको समाचार सौर्य दैनिकमा छ।

सलमानबाट पीडित बनेका दुर्घटनाका प्रत्यक्षदर्शी रविन्द्रको निधन ४ अक्टोवर सन् २००७ मा भइसकेको छ।

उनलाई अन्तिम समयमा रेडलाईट क्षेत्रमा भीख माग्दै गरेको अवस्थामा फेला पारिएको थियो । अस्पताल भर्ना भएका रविन्द्रले रकम अभावमा औषधिसमेत खान पाएका थिएनन्।

सलमानलाई पाँच वर्षको कैद सजाय फैसला भएकोमा रविन्द्र पाटिलका आफन्तहरूले राहत महशुस गरेका छन् । उनीहरूले सलमान राम्रो मान्छे नरहेको प्रतिक्रिया दिने गरेका छन्।

सलमानकै दवावमा रविन्द्रलाई प्रहरी सेवाबाट निकाल्नुका साथै केहीसमय जेलमा राखिएको भारतीय सञ्चारमाध्यमहरूको भनाइ छ।

सन् २००६ देखि रविन्द्रलाई सलमानका कानुन व्यवसायीले पटक पटक निशाना बनाएका थिए। कानुन व्यवसायीको निशानाको सामना गर्न नसकेपछि रविन्द्रले घर छाड्न बाध्य भएको आफन्तहरूको भनाइ छ।

रविन्द्र सरकारी वार्डको बेड नम्बर १८९ मा लामो समयसम्म उपचाररत थिए । उनलाई टीबी रोग लागेको थियो । रविन्द्रको निधनपछि उनका भाइले अन्तिम दाहसंस्कार गरेका थिए।

बेपत्ता भएका रविन्द्रका आफन्तले प्रहरीमा खोजी गर्न माग गर्दै ‘एफआईआर’ दर्ता गराएका थिए । तर एफआईआर दर्ता गरेको भन्दै एक प्रहरीलाई समेत त्यस बेला फसाइएको थियो।

यतिसम्मकी वारेन्ट जारी गरेर रविन्द्रलाई पक्राउ गरिएको थियो । तारिखमा रिहा भएका रविन्द्र प्रहरी र सलमानका कानुन व्यवसायीको ज्यादती सहन नसकी तारिख लिन जान छाडेका थिए।

तारिख लिन नआएको भन्दै रविन्द्रलाई पक्राउ गरी आँर्थर रोड जेलमा राखिएको समाचारमा उल्लेख छ।

रविन्द्रले क्राइम ब्राञ्चमा आफूलाई बचाउन र जागिरमा पुनः बहालिको माग गरेका थिए। तर रविन्द्रका दुबै माग सुनुवाई भएनन् । उनलाई पुलिसमा पनि नराखिएको समाचरामा जनाइएको छ।

सन् २००७ मा मुम्बईको एक सरकारी हास्पिटलमा भर्ती भएका उनको त्यहीँ निधन भएको थियो।

रविन्द्र सरकारी वार्डको बेड नम्बर १८९ मा लामो समयसम्म उपचाररत थिए । उनलाई टीबी रोग लागेको थियो । रविन्द्रको निधनपछि उनका भाइले अन्तिम दाहसंस्कार गरेका थिए।

तिनै रविन्द्रको बयानका आधारमा अदालतले सलमानलाई कैद सजाय तोकेपछि आफन्त र स्वयं रविन्द्रले पनि राहत महशुस गरेको समाचारमा भारतीय सञ्चारमाध्यमहरूले उल्लेख छ।





Comments

comments

Leave a Reply

6370