Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

इराकबाट ११ जना नेपालीको उद्धार

एचकेनेपाल डट कम संवाददाता-
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुलाई झण्डै दुई महिनापछि नेपाल सरकारले उद्धार गरेको छ।

उनीहरुलाई इराकको स्थानीय समय ९:५५ को फ्लाई दुवईबाट स्वदेश पठाइएको गैरआवासीय नेपाली संघ सचिवालयले जनाएको छ।

उद्धार हुनेहरुमा कानेपोखरी-९, मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका ३८ वर्षीय प्रेस गिरी, घोराही ठाकुर-९ का टोपबहादुर बस्नेत, निर्मलपोखरी-५, कास्कीका २७ वर्षीय सन्तोष लामिछाने, नुनखर्क-१, ओखलढुंगाका २९ वर्षीय अजित तामाङ, चितवन शारदा नगरका २७ वर्षीय प्रकास विश्वकर्मा, रुकुमका धनबहादुर विक, रामेछापस्थित सुकाजौर गाविसका ३२ वर्ष बिष्णु बस्नेत, धनकुटास्थित खुवाथोक गाविसका ४४ वर्षीय इन्द्रकुमार लिम्बु, धनुकुटा मुडेवासका २४ वर्षीय सुवास नेम्बाङ दाङ र लमहीका अनिल चौधरी रहेका छन्।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकको विशेष पहलमा उनीहरूको उद्घार गरिएको हो। उनीहरुलाई ६/७/१०१४ देखि १७/७/२०१४ सम्म होटलमा खाना खुवाउने सम्पूर्ण रकमसमेत परिषदले उपलब्ध गराएको थियो।

गैरआवासीय नेपाली संघ सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनेको छ- ‘गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकले,’सरकारको उपस्थिति नभएसम्मको लागि एउटा अभिभावकको भूमिका निर्वाह गर्न सफल भएको र नेपाल सरकारले समयमा नै उद्दार कार्य सफलताका साथ सम्पन्न गरेकोमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल सरकार र राष्ट्रिय समन्वय परिषद् इराकप्रति हार्दिक आभार प्रकट गर्दछ।’





Comments

comments

639