Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालका कान्छा निर्देशक एनआरको सलामी, बलात्कारको सिन मात्र ३ वटा

भोला सुवेदी / एचकेनेपाल डट कम-
ब्ल्याक चिल्ली इन्टरटेन्टमेन्टको चौथो चलचित्र “सलामी” को हाल मोफसलका फ्रेस लोकेसनहरुमा धमाधम छायानकन भईरहेको छ।

नेपालका कान्छा निर्देशक एनआर घिमिरेद्वारा निर्देशित यस चलचित्रको हाल बारा र पर्षा जिल्लामा छायांकन भईरहेको छ। महिमा सिलवाल नायिका रहेको यस चलाचित्रको नायक भने बिगत केहि बर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका इरोंन मच्छे हुन्। चलचित्रलाई श्लोक र प्रमिशाले सयुंक्त निर्माण गरेका छन् भने चलचित्रमा संगीत टंक बुढाथोकीको र कोरियोग्राफी बब्बु थापाको रहेको छ।

प्रदिप खड्काको द्वन्द निर्देशन रहेको यस चलचित्रलाई पवन गौतमले खिचेका छन्। राकेश रनापालको कथा रहेको यस चलचित्र अशुली र सलामी उठाउने बारे निर्माण भएको सामाजिक कथा हो भनेका छन् निर्माण पक्षले। नायिका महिमा सिलवाल, नायक इरोंन मच्छे, तेजा, रेखा भट्ट, बिनोद मैनालीलगायतकाको अभिनय रहेको यस चलचित्रको ९५ प्रतिशत छायांकन मोफसलमा गरिने वताए निर्माण नियन्त्रक कृष्ण कोईरालाले। चलचित्र आगामी मङ्सिर १९ गते प्रदर्शनमा आउने भएको छ।

चलचित्रमा बलात्कारको सिन मात्र ३ वटा रहेका छन्।





Comments

comments

641