Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

छानविन समितिले प्रतिवेदन बुझायो

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी र नेपाल बास्केटबल संघका सम्बन्धमा छानविन गर्न गठित छानविन समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामालाई बुधबार प्रतिवदेन बुझाएको छ।

करीब २ सय पृष्ठको प्रतिवेदन छानविन समितिका संयोजक एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनालले सदस्य–सचिव लामालाई बुझाएका हुन्।

कमिटी र संघका सम्बन्धमा छाविन गर्न युवा तथा खेलकुद मन्त्रालय र अख्तियार दुरुपयोग अनुशन्धान आयोगको निर्देशन बमोजिम राखेपले सदस्य–सचिव स्तरीय निर्णय गरी गत असार १६ गते खनालको संयोजकत्वमा १० सदस्यीय छानविन समिति गठन गरेको थियो।

उक्त समितिको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक तिलक राउत, प्रशासन विभाग प्रमुख मदनजंग राणा, खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा, विद्यालय खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरे, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक डा. प्रकाश प्रधान, आर्थिक प्रशासन शाखा प्रमुख बासुदेव आचार्य, संघ संस्था समन्वय शाखा प्रमुख टेकप्रसाद कट्टेल, कानुन शाखा प्रमुख नारायणराज अर्याल तथा कानुन विज्ञ गोपीबहादुर भण्डारी रहेका छन्।


फोटोः खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाल राखेप सदस्य–सचिव युवराज लामालाई प्रतिवेदन बुझाउदै। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

647