Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पत्रकार महासंघ कास्कीले कार्की, बास्तोला र लामिछानेलाई पुरस्कृत गर्ने

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ७ साउन। नेपाल पत्रकार महासंघ कास्कीबाट वितरण गरिने तीन वटा पुरस्कारको प्रतिभाहरु छनौट भएका छन। महासंघ कास्की शाखाको हालै बसेको कार्य समितिको बैठकले स्वर्गीय दया शंकर स्मृति पत्रकारिता पुरस्कार, पोखरा पत्रकारिता पुरस्कार र स्वर्गीय गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कारको प्रतिभा छनौट गरेको हो।

महासंघको निर्णय अनुसार समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक नारायण कार्की स्वर्गीय दयाशंखर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन्। विगत ४२ बर्ष देखि निरन्तर पत्रकारिता गर्दै आएका प्रधान सम्पादक कार्की विविसी नेपाली सेवाका पोखरा सम्वाददाता हुन्।

प्रजातन्त्रका सेनानी स्वर्गीय दया शंकर पालिखेको स्मृतिमा उनका परिवारद्वारा स्थापित पुरस्कारको राशी ३३ हजार तीन सय ३३ रुपैया रहेको छ। सो पुरस्कार हरेक बर्ष प्रदान गरिन्छ।

महासंघ कास्की शाखाका अध्यक्ष रामकृण ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो। अध्यक्ष ज्ञवालीका अनुसार आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्ण बाँस्तोलालाई पोखरा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिने भएको छ । बाँस्तोला स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष हुन् । ३५ हजार रुपैया नगद पुरस्कार राशी भएको सो पुरस्कार हरेक २ बर्षमा वितरण गरिदै आएको छ।

त्यसैगरी स्वर्गीय गजेन्द्र भण्डारी स्मृती पत्रकारिता २०७१ बाट खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने पुरस्कृत हुने भएका छन्। आदर्श नेपाल राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार लामिछाने एक दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । यो पुरस्कार २५ हजार रुपैया नगद राशीको छ । तीन वटै पुरस्कार साउनको तेश्रो साता वितरण गरिने अध्यक्ष ज्ञवालीले बताए।





Comments

comments

644