Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पपीडितलाई रोनाल्डोको ७९ करोड सहयोग…

एजेन्सी, लन्डन-फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले भूकम्पपीडित बालबालिकाको लागि ५ मिलियन पौण्ड (करीब ७९ करोड रुपैयाँ) सहयोग गर्ने भएका छन्।

रियल म्याड्रिड स्ट्रइकर रोनाल्डोले नेपालका भूकम्पपीडित बालबालिकाका लागि सो रकम सेभ द चिल्ड्रेन यूके मार्फत पठाएको अन्तरार्ष्ट्रिय मिडियाहरुले जनाएका छन्। रोलान्डोको सहयोग नेपालमा बालबालिकाका लागि काम गर्ने सेभ द चिल्ड्रेन नामक संस्थाले पाउने समाचार नागरिक दैनिकमा छ।

फ्रान्सको खेल म्यागेजिन सो फुटले ३० बर्षे फुटबल स्टारले सो रकम हस्तान्तरण गरिसकेको जनाएको छ। बेलायती पत्रिका द इन्डिपेन्डेन्टले सेभ द चिल्ड्रेन यूकेका अधिकारीलाई उदृत गर्दै सहयोग रकम शनिबार बिहानसम्म प्राप्त नभएको जनाएको छ।

नेपालमा भूकम्प गएको केही समयपछि नै रोनाल्डोले आफ्ना फेसवुक फलोअर्सलाई भूकम्पपीडितका लागि दान गर्न आव्ह्यन गरेका थिए।





Comments

comments

Leave a Reply

6411