Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसरी जेल जानबाट जोगिए सलमान खान

एजेन्सी – मुम्बई उच्च अदालतले शुक्रबार हिट एन्ड रन मुद्दामा बलिउड अभिनेता सलमान खानलाई जमानतमा रिहा गरेको छ। उच्च अदालतको यो फैसलापछि सलमानलाई बुधबार सेसन अदालतले सुनाएको पाँच वर्षे जेल सजाय तत्कालका लागि टरेको छ।

तर, शुक्रबार उच्च अदालतले गरेको फैसलाले सलमानका सबै मुद्दा सकिएको भने होइन। उच्च अदालतले उनलाई मुद्दा लड्न जेलमा बस्न नपर्ने राहत मात्र मिलेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

सलमान आफैं शुक्रबार उच्च अदालत पुगेका थिए। त्यहाँबाट उनी सोझै घर फर्किए। उनको घरवरपर हजारौं फ्यान जम्मा भएका थिए। साँझ बाल्कोनीमा निस्किएर सलमानले त्यहाँ जम्मा भएका फ्यानलाई धन्यवाद दिए।

सरकारी वकिलका अनुसार अदालतले सलमानलाई ३० हजार भारतीय रुपैयाँमा जमानतमा छाडेको हो। सलमानले आफ्नो पासपोर्ट पनि अदालतमा बुझाउनुपर्नेछ। अदालतको आदेशबिना उनी विदेश भ्रमणमा जान पाउने छैनन्।

सलमान र अक्षयलाई नेपालमा प्रतिबन्ध लगाउने तयारी…
सलमान खानले पैसा र पावरको आडमा के मात्र गरेनन् …





Comments

comments

Leave a Reply

6407