Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारत र चीनबीच जतिबेला पनि युद्ध हुन सक्ने …

एजेन्सी – भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल फिलिप क्याम्पोसले नेपालका दुर्इ ठूला छिमेकी चीन र भारतबीच जुनसुकै बेला युद्ध हुनसक्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा निस्कने तयारीमा जुटिरहेका बेला उपप्रमुख क्याम्पोसको यो अभिव्यक्तिले भारतमा सनसनी मच्चाएको छ। आउँदो साता मोदी चीन जानुअघि आएको उनको यो सनसनीपूर्ण अभिव्यक्तिलार्इ भारतमा अहम र अर्थपूर्णरुपमा लिइएको छ।

‘२१ औं शताब्दीको जुनसुकै समयमा चीन र भारतको सामना युद्धको मैदानमा हुने खतरा बढेको छ’, उपप्रमुख क्याम्पोसाले भनेका छन्। भारतीय सेनाका उपप्रमुख क्याम्पोसका अनुसार दुबै देशको तीब्र गतिमा बढिरहेको शक्तिले युद्धको संकेत गरिरहेको छ। बढ्दो शक्तिको असर दुबै देशको सिमाक्षेत्रमा देखिन थालेको जनाउँदै सिमाक्षेत्रकै विवादले युद्ध निम्त्याउने उनको भनाइ छ।

दुबै देशबीच लामो समयदेखि सिमानालार्इ लिएर विवाद चलिरहेको समाचार अन्नपूर्णपोष्टमा छ। यही कारण नै भारतका लागि चीन ठूलो खतरा भएको दाबी उपप्रमुख क्याम्पोसाले गरेका हुन्। लेफ्टिनेन्ट जनरल फिलिप क्याम्पोसले दिल्ली नजिकैको ग्रेटर नोएडामा आर्मी इन्स्टिच्युटको ‘मेक इन इन्डिया’ सेमिनार बोल्ने क्रममा शनिबार यो कुरा बताएपछि दुर्इ देशबीचको चिसो सम्बन्ध सतहमा आएको हो।

दुर्इ देशबीचको युद्धको चेतावनी दिने क्रममा उनले भारतलार्इ सैन्य शक्तिले बलियो बनाउन देशभित्रै हतियार उत्पादन गर्नुपर्नेमा पनि जोड दिए। उनले सो क्रममा पाकिस्तानको तर्फबाट मिलिरहेको सुरक्षा चुनौतीबारे पनि आफ्नो धारणा राखेका थिए। उनले छिमेकी देशमा सक्रिय तालिबान, आईएस र अलकायदा जस्ता आतंकवादी संगठन फैलिरहेको जनाउँदै तिनले कुनै पनि बेला भारतीय भूमिमा धावा बोल्न सक्ने पनि चेतावनी दिए।





Comments

comments

Leave a Reply

6424