पतिको हत्यापछि शवलाई यसरी सय टुक्रा पारियो…

एजेन्सी: भारतको गुजरातस्थित डिसा गाउँमा एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरी शवलार्इ सय टुक्रा बनाएकी छन्।

हत्यापछि घटना ढाकछोप गर्न पतिको शव सय बढी टुक्रा पारिएको हो। प्रहरीका अनुसार प्रेमीको मद्दतमा हत्या गरेपछि ती महिलाले पतिको शव घर नजिकै गाडेकी थिइन्।

शवलार्इ पुन: गाडेको ठाउँबाट निकालेर टुक्रा टुक्रा पारेर फालियो। पुलिसले शुक्रबार साँझ पतिको हत्या आरोप लागेकी महिला सूर्याबेनलार्इ गिरफ्तार गरेको छ।

सूर्याबेनले दिएको बयानअनुसार प्रहरीले खोजी गर्दा उनका पतिको शवको सय बढी टुक्रा प्रहरीले फेला पारेको हो। हत्यामा संलग्न उनका प्रेमी प्रताप फरार रहेका छन्।


पतिको शव सय टूक्रा बनाउने सूर्या बेन

पुलिसका अनुसार गुजरातको रसाणा गाउँमा बस्दै आएका ३५ वर्षीय अमराजी स्वरूपजी ठाकुरको बिहे सूर्याबेनसँग १५ वर्षअघि भएको थियो। उनीहरुबाट तीन सन्तानको समेत जन्म भइसकेको छ। अमराजी एक महिनाअघिबाट बेपत्ता थिए। करिब १५ दिनअघि वडोदरामा बस्दै आएकी उनकी बहिनी गीताबेन दाजुसँग मिल्न गएकी थिइन्।

सूर्याबेनले गीतासँग पति कुनै कामले सहरतिर गएको भनेर ढाँटेकी थिइन्। धेरै दिन बित्दा पनि दाजुको कुनै खबर नमिलेपछि दिदी गीतालार्इ भाइको अवस्थाबारे शंका उत्पन्न भयो।

त्यसपछि उनले भाइ हराएको जाहेरी पुलिसमा दर्ता गराइन्। पुलिसले सूर्याबेनसँग सोधखोज गर्दा पनि छलछाम गरिरहेकी थिइन्। जवाफले चित्त नबुझेपछि प्रहरीले कडाइका साथ सोधखोज गरेपछि आफ्नो अपराध सुर्यबेनले स्वीकार गरेकी थिइन्।


स्वरुपजीकी दिदी गीता बेन

सूर्याबेनले पुलिसलार्इ दिएको बयानअनुसार करिब एक महिनाअघि प्रेमीको सहयोगमा रातको समयमा सुतेका पतिमाथि धारिलो हतियार हानेर हत्या गरेकी थिइन्। त्यसपछि शवलार्इ घर नजिकैको खेतमा गाडिएको समाचार अन्नपूर्णपोष्टमा छ। तर शव गाडेपछि पनि भेटिने डरले उनले शवलार्इ पुन: निकालेकी थिइन्। उनले शव भेटिने डरले तीन दिनपछि शवलार्इ निकालेर बन्चरोले सय भन्दाबढी टुक्रा पारेर फ्याकिदिएकी थिइन्।

सूर्याबेनले पुलिसलार्इ दिएको बयानमा उनको गाउँकै युवा प्रतापसँग सम्बन्ध शुरु भएको थियो। जुन कुरा उनका पतिलार्इ थाहा भएपछि दुर्इजनाबीच झगडा शुरु भएको थियो। सूर्याबेनले प्रेमीसँग जानका लागि उसैसँग मिलेर पतिको हत्या गरेको स्वीकारेपछि जेलको बाटोमा पुगेकी छन्।





Comments

comments

Leave a Reply

6426