Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसरी बनाउन सकिन्छ एकै दिनमा सस्तो घर

काठमाडौं, वैशाख २८ – बीइ चाैथाे वर्षका विद्यार्थी अमन राज आइतबार अपरान्ह पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा नमुना ‘टनेल’ घर निर्माण गर्दै थिए।

सिन्धुपाल्चोक, काभ्रे, सिन्धुलीलगायतका जिल्लाबाट नमूना घर हेर्न आउने भीड थियो। घरको फाइदा, बेफाइदा, र मूल्यबारे उनीहरु विद्यार्थी विनोद नेपालसँग जानकारी लिंदै थिए।

एकै दिनमा बनाउन सकिने भन्दै उनले छिटो, छरितो र सस्तो मूल्यमा निर्माण गर्न सकिने बताए। ‘त्रिपाल, टेन्ट भन्दा राम्रो छ, संक्रमणकालीन अवस्थामा ज्यादै उपयोगी हुन सक्छ’ उनले भने।

भत्केकै घरको ढुंगा, इट्टा, काठ र जस्तापाता प्रयोग गर्न सकिने उनले बताए। पाकिस्तान, इजरायललगायतका मुुलुकमा विस्थापितका लागि टनेल घर निर्माण गरिएको उनले बताए, कान्तिपुर दैनिकमा समाचार छ। सरकारले तत्काल स्थायी संरचना निर्माण गर्न नसक्ने भन्दै उनले यस्ता घर, गर्मी छल्न धेरै उपयोगी भएको बताए।

गर्मीमा जस्तापातामाथि प्लाष्टिक, त्यसमाथि खर र छ्वाली प्रयोग गर्न सकिने उनको भनाई छ।





Comments

comments

Leave a Reply

6433