Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सरकारले किन ताइवानको राहत स्वीकार गरेन ?

काठमाडौं, वैशाख २८ – नेपालले एक चीन नीति लिइरहेको भए पनि उपराष्ट्रपति परमानन्द झाले भारतका लागि ताइवानका राजदूत (इकोनोमिक एन्ड कल्चरल रिप्रजेन्टेटिभ) लाई भेट दिएका छन्।

भेटमा ताइवानका नयाँदिल्लीस्थित राजदूत चुङ क्वाङ तियनले ताइवानले नेपालका भूकम्पपीडितलाई विमानबाट राहतसामग्री पठाउन चाहेको तर नेपाल सरकारले अनुमति नदिएको भन्दै आवश्यक पहल गरिदिन उपराष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो।

नेपालले ताइवानलाई अलग देशको मान्यता दिएको छैन। नेपालले ताइवानलाई चीनकै एक अभिन्न अंग मान्छ। चीनले पनि ताइवानलाई एक मुलुक दुई व्यवस्था प्रणालीअन्तर्गत आफ्नो अभिन्न अंग मान्दै आएको छ।

ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्रका रूपमा दाबी गर्दै आएको छ। भूकम्प गएको भोलिपल्टै वैशाख १३ गते नयाँदिल्लीबाट काठमाडौं आएका चुङक्वाङले उपराष्ट्रपति कार्यालय बहादुर भवनमा उपराष्ट्रपति झालाई भेटेका थिए। उनी अहिले पनि काठमाडौंमै बसेर राहत सामग्री ल्याउने वातावरण बनाउन नेताहरूसँग भेट्न व्यस्त रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ।

भूकम्पपीडितलाई सहयोगका नाममा ताइवानका ती प्रतिनिधिले ताइवानलाई अलग देशका रूपमा चिनाउन उपराष्ट्रपतिलाई भेटेको हुनसक्ने सरकारी अधिकारीहरूको बुझाइ छ।





Comments

comments

Leave a Reply

6440