सरोज खनालद्वारा निर्देशित ‘बगान’ चलचित्र भर्जिनियामा प्रदर्शन, करिश्मा मानन्धरको प्रस्तुतिले दर्शकका आँखा रसाए

विजय थापा । अभिनेता सरोज खनालले निर्देशन गरेको पहिलो चलचित्र बगानको भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर सो) भएको छ।

-

चलचित्र हेरेपछि महिला दर्शकका आँखा रसिएका देखिन्थे भने चलचित्र हेर्ने दर्शकले उत्कृष्ट चलचित्र लागेको बताए।।

चलचित्रको कथा वस्तु निकै उत्तम र कलाकारहरुको अभिनय उत्तिकै बेजोड भएको दर्शकको प्रतिक्रिया थियो। धेरै दर्शकले कलाकार करिश्मा मानन्धरको दमदार अभिनयको मुक्त कण्ठले प्रसंशा गरेका थिए।

यो चलचित्रले सरोज खनाललाई उत्कृष्ट कलाकार मात्र नभै र कुसल निर्देशकसमेत रहेको पुष्टि गरेको छ।

चलचित्रका निर्माता गीतकार सुरेश वाग्ले रहेका छन्। उनी म्यासाचुसेट्स राज्य बोस्टनभाट भर्जिनिया आएका थिए। सरोज खनाल र निर्माता सुरेश वाग्ले पनि दर्शकसंगै बसेर चलचित्र हेरेका थिए।

चलचित्रमा नीर शाह ,बसुन्धरा भुसला, मिथिला शर्मा, करिश्मा मानन्धर , सरोज खनाल , आकाश श्रेष्ठ, प्रमिला कार्कीलगायत कलाकारहरु रहेका छन्।

चलचित्र प्रदर्शन गत जनवरी ८ आइतबारका दिन भर्जिनिया राज्यको फेयरफ्यासस्थित सिनेमा आर्ट थेटरमा प्रदर्शन गरिएको थियो ।

सरोज खनालले चलचित्र सुरु हुनु अगाडी आफ्नो पहिलो प्रयास भएको र सल्लाह सुझाव दिन आग्रहसमेत गरेका थिए।





Comments

comments

64882