हङकङमा दैनिक कोभिड केस १० हजारभन्दा तल झर्यो, थप ७५ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, १० जनवरी। हङकङमा दैनिक कोभिड १९ को केस १० हजारभन्दा तल झरेको छ। यद्यपि, थप ७५ जना विरामीको मृत्यु भएको छ।

–

स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रले आज कोभिड १९ को पछिल्लो महामारी स्थितिको जानकारी दिंदै ९१२५ स्थानीय र २२७ आयातित केसहरु थपिएको जनाएको हो। त्यस्तै, थप ७५ जना कोभिड १९ का विरामीको मृत्यु भएको जनाएको छ।

हङकङमा कोभिड-१९ को पाँचौं लहरको समयमा कोभिडबाट मृत्यु हुनेको संख्या कुल १२,४८१ पुगेको छ।





Comments

comments

64887