प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गर्नुभएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उहाँहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले मङ्गलबार प्रतिनिधि सभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो । अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

रासस
[wds id=”24″]

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

64965