पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रष्त (भिडियोसहित)

हेर्नुहोस् दर्दनाक भिडियो

एचकेनेपाल डट कम –
कास्की । पोखरामा आज आइतवार विहान यती एयरलाइन्सको विमान दुर्घटनाग्रष्त भएको छ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि सेती नदी खोंचमा दुर्घटना भएको हो।

जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ। दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती रहेको छ।

विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए। विमानमा चालक दलका सदस्यहरूमा कमल केसी, अञ्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।

विमानान नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना गरी ७२ जना सवार थिए।

दुर्घटनास्थलमा सेती नदी खोंचमा उद्धार कार्य जारी छ।

यति एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सबै उडान स्थगित भएको छ।





Comments

comments

65282