बेलायतमा मेडिस्टन गोर्खा नेपाली समाजको वार्षिक साधारणसभा सम्पन्न

सुरेन्द्र ईङ्नाम्-

लन्डन । गत सन १४ जनवरी २०२३ को दिन बेलायतको मेडिस्टनमा मेडिस्टन गोर्खा नेपाली समाजको आफ्नै समाज घरमा ७ औ कार्यसमितिले वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

सभामा वर्ष भरि भएका गतिविधिहरु, आयव्यय र आर्थिक कारोबारहरुको पार्दर्शिता गरिएको थियो। यसका अलावा मेडिस्टन काउन्शिलबाट प्राप्त सहयोग रकमलाई अतिआवश्यक ब्यक्तिहरुलाई जस्तै: डिसेबल ब्यक्तिहरु र अन्यलाई अतिरिक्त सामग्रीहरु सो रकमबाट बाँडिएको हो।

यसका साथै समाजले मेडिस्टन वोरो काउन्शिलसँग सहकार्य गरेर मेडिस्टन मेला, रिमेम्बरेन्स परेड (पुर्खा दिवस) र अन्य साना कार्यक्रमहरुमा सहभगिता गर्दै आएको छ । स्मरण रहोस् करिव १५ वर्ष अगाडि यस काउन्शिलले मेडिस्टन म्यूजियमको प्रवेश द्वारको अगाडि ठूलै ठाउँ दिएर गोर्खा स्टाचू राखेको छ जस्ले गोर्खाहरुको सम्मान र गोर्खा इन्जिनियर्सको ईज्जत बढाएको छ।

विगत केही वर्षयता बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा सञ्चालन हुँदै आएको र उक्त कार्यको लागि केही पूर्वधार र आवश्यक सामाग्रीहरु मेडिस्टन वोरो काउन्शिलबाट प्राप्त भएको र सुचारु राख्नलाई बालबालिकाहरुको अभिभावकबाट चहिएको बेलामा थोरै रकम कहिलेकाही लिएर काम चलाएको जानकारी संयोजक शकुन गुरुङले दिए।

साधारण सभामा समाजघरको हलबाट आएको आयब्ययको प्रतिवेदन मोहन तामाङले दिएका थिए। समाजका सिनियर भेट्रानको गतिविधि समाजका अध्यक्ष तिलकराज थापा, महिला कमिटीको गतिविधि शकुन गुरुङ, खेलकुद गतिविधि कोर्डिनेटर लोकप्रसाद लिम्बुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावि योजनामा गोर्खा कपमा समाजबाट प्रतिनिधि टिम समावेश गराउने योजना प्रस्तुत गरे। ईन्टर्टेन्मेन्ट सचिव युनिल गुरुङ, मेडिया गतिविधि सुरेन्द्र ईङ्नाम, मेडिस्टन वोरो काउन्शिलसँगको सहकार्य तथा गतिविधिबारे वार्षिक प्रतिवेदन काउन्शिलर दिनेश खड्काले बुझाएका थिए।

साधारण सभाको अन्त्यमा वर्तमान अध्यक्ष ध्रुब गौतमले वर्षभरि गरिएका गतिविधिहरुमा प्रतिनिधि तथा विषेश सहयोग दिएर गरेर सफल भएकोले सम्पूर्णलाई धन्यवाद दिदै भावि कार्य योजनाहरुको जानकारी दिदै साधारण सभा समापन गरेका थिए।

विहान ११ बजेदेखि दिउसोको ३ बजेसम्म चलेको सभालाई उपाध्यक्ष महेन्द्र केसी र आचु गुरुङले संयुक्तरुपमा सञ्चालन गरेका थिए।





Comments

comments

65513