हङकङमा दैनिक कोरोनाको केस २००० भन्दा तल झर्यो…

एचकेनेपाल डट कम –

हङकङ, २४ जनवरी। हङकङमा दैनिक कोभिड-१९ को केस दुई हजारभन्दा तल झरेको छ।

हङकङको स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रले आज कोभिड-१९ को पछिल्लो महामारी स्थितिको जानकारी गराउंदै १९५० स्थानीय र ३७ आयातित गरी जम्मा १९८७ संक्रमित थपिएको जनाएको हो।

साथै, सार्वजनिक अस्पतालमा ३६ जना बिरामीको मृत्यु भएको जनाइएको छ।

कोरोनाको पाँचौं लहरको समयमा कोरोनाबाट हङकङमा कुल १२ हजार ९ सय ९० जना विरामीको मृत्यु भएको छ।





Comments

comments

66083