Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
उत्कृष्ट नाटकलाई १ लाख रुपैया पुरस्कार – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

उत्कृष्ट नाटकलाई १ लाख रुपैया पुरस्कार


‘ बालबालिकाहरु कुमालेले मुछेको काँचो माटो हो,
त्यसलाई बुद्ध बनाउने कि बुद्धु तपाई हाम्रै हातमा छ । ’

देशभरिका नाट्यकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघले राष्ट्रिय बाल नाटक मेला आयोजना गर्ने भएको छ।

आगामी फागुन १ देखि ७ गते सम्म आयोजना हुने नाटक मेलाको उत्कृष्ट हुने नाटकलाई नगद १ लाख पुरस्कार प्रदान गरिने आयोजकले घोषणा गरेको छ । त्यसका साथै अन्य २० वटा विधागत पुरस्कारहरु पनि प्रदान गरिने छ । आयोजनाका लागि साँस्कृतिक संस्थान र विद्यालयहरुको संस्था प्याब्सनको सहकार्य रहनेछ।

बालबालिकाहरु संवेदनशील हुन्छन्, उनीहरुको संवेदनालाई समयमै उचित मार्गदर्शन हुन सकेन भने उनिहरुको गति, दिशा र गन्तव्यले सही बाटो पहिल्याउन नसक्ने गम्भीर जोखिम रहन सक्छ । अतः औपचारिक शिक्षाका साथै सिर्जनशिलताका विविध माध्यमहरुको उपयोगले उनिहरुको मानसिक विकासमा सहयोग पुग्न सक्छ भन्ने अभिप्रायले राष्ट्रिय बाल नाटक मेला २०७९ आयोजना गरिँदैछ।

नाटक मेलामा सहभागिताका लागि देशभरिबाट नाटक आव्हान गरिएको छ । मेलामा सहभागिताका लागि प्राप्त नाटकहरु मध्येबाट अन्तिम प्रतिष्पर्धाका लागि २० वटा नाटक छनौट गरिने छ । अन्तिम छनौटमा परेका नाटकहरु मेलामा मञ्चन हुनेछन् । प्रतियोगितात्मक रुपमा सञ्चालन हुने मेलामा उत्कृष्ट नाटकका साथै उत्कृष्ट निर्देशन, उत्कृष्ट कलाकारहरु जस्तै शीर्ष चरीत्र, सहायक चरीत्र, हास्य चरीत्र, नकारात्मक चरीत्र एवम् संगीत, ध्वनि, मञ्च परिकल्पना तथा निर्माण, लगायत २० वटा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । सबै विधागत विजेताहरुलाई नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।

मेलामा सहभागी हुन चाहनेले नाटकको आलेख र त्यही नाटकको ३ मिनेटको भिडियो आयोजकलाई पठाउनु पर्नेछ । त्यसैको आधारमा अन्तिम छनौट गरिनेछ । नाटकको लम्बाई ३० देखि ३५ मिनेटको तोकिएको छ भने नाटकको विषयवस्तु बालबालिकामा आधारित भए त्यस्तो नाटकलाई प्रोत्साहन गर्ने भनिएको छ।

पुरस्कार विवरण


सामुहिक पुरस्कार

१) सर्वोत्कृष्ट नाटक
२) उत्कृष्ट निर्देशन
३) उत्कृष्ट अनुशासित समुह
४) फेस्टीभल क्याम्पेनका लागि उत्कृष्ट समुह
५) दर्शक छनौट पुरस्कार

व्यक्तिगत पुरस्कार
६) उत्कृष्ट कलाकार: नकारात्मक चरीत्र ( महिला )
७) उत्कृष्ट कलाकार: नकारात्मक चरीत्र ( पुरुष )
८) उत्कृष्ट कलाकार: हास्य चरीत्र ( महिला )
९) उत्कृष्ट कलाकार: हास्य चरीत्र ( पुरुष )
१०) उत्कृष्ट कलाकार: सहायक चरीत्र ( महिला )
११) उत्कृष्ट कलाकार: सहायक चरीत्र ( पुरुष )
१२) उत्कृष्ट कलाकार: शिर्ष चरीत्र ( महिला )
१३) उत्कृष्ट कलाकार: शिर्ष चरीत्र ( पुरुष )

प्राविधिक पुरस्कार
१४) उत्कृष्ट मञ्च परिकल्पना तथा निर्माण
१५) उत्कृष्ट भेषभुषा
१६) उत्कृष्ट श्रृंगार
१७) उत्कृष्ट प्रत्यक्ष संगीत
१८) उत्कृष्ट पाश्र्व ध्वनि
१९) उत्कृष्ट प्रकाश डिजाईन
२०) उत्कृष्ट पोस्टर डिजाईन

सम्पर्क:
राष्ट्रिय बाल नाटक मेला २०७९ को सचिवालय
प्याब्सन केन्द्रीय कार्यालय, तीनकुने, सुविधानगर
फोन: ९८४२०३९९३९, राजेन्द्र रिमाल, अध्यक्ष, नाट्यकर्मी महासंघ नेपाल
९८५१०५०५०५, हिरा शर्मा, सचिव, प्याब्सन, केन्द्रीय समिति





Comments

comments

66368