लुटेराको गोलीबाट निधन भएका लामिछानेको परिवारलाई सहयोग रकम हस्तान्तरण

नातिबाबु भट्ट –

कोलोराडो, अमेरिका। कोलोराडोमा एक महिना अगाडि लुटेराको गोलीलागी मारिएका भेषराज लामिछानेको परिवारलाई एक समारोह बिच सहयोग रकम हस्तान्तरण गरिएको छ।

परिवारको आर्थिक अवस्था कमजोर भएको कारण कोलोराडोमा सकृय संस्था रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालको पहलमा आर्थिक सहयोग संकलन गर्न गोफन्ड मी खोलिएको थियो। सोही गोफन्ड मी मा संकलन भएको रकम मध्ये गोफण्डको दस्तुर कटाएर बाकी रहेको ८० हजार ३ सय ५६ डलर हस्तान्तरण गरिएको हो।

गत जनवरी ५ मा आफ्नै स्टोरमा काम गरिरहेका बेला लुटेराको गोलीबाट लामीछानेको दुःखद निधन हुन पुगेपछि स्थानीय समुदाय संघ संस्थाहरुको अग्रसरता र परिवारको स्वीकृतिमा जनवरी ६ तारिकका दिन गोफण्ड मी शुरुगरिएको थियो।

झण्डै एक महिनाको अवधिमा ९ सय ७४ दाताको सहयोगबाट ८४ हजार ४ सय ८७ डलर संकलन भएको थियो । सोही रकम भेषराजको धर्म पत्नी नारायणी खनाल लामिछानेको उपस्थितिमा उहाको ज्वाई पुण्य ढकाललाई हस्तान्तरण गरिएको रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका अध्यक्ष टिका पौडेलले बताएका छन्।

सहयोग हस्तान्तरण समारोहमा एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष प्रकाश पौडेल, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका सचिव अर्जुन बगाले, निवर्तमा अध्यक्ष बिनोद त्रिपाठी, बरिष्ठ कलाकार तथा साहित्यकार कृष्णमुरारी ढुङ्गेल लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

नेपालको तनहु जिल्ला साबिकको रम्घा गाविस ८ लामिछाने बेसी घर भई सन् २०१४ मा डिभीमार्फत अमेरिका आएका लामिछाने ३ छोरी, एक छोरा र श्रीमती सहित कोलोराडोमा बस्दै आएका थिए।





Comments

comments

67244