हङकङमा जारी ज्वेलरी शोबाट मोतीको हार चोरी

एचकेनेपाल डट कम –

हङकङ, ४ मार्च। हङकङ कन्भेन्सन एण्ड एग्जिबिसन सेन्टरमा शनिबार एक ज्वेलरी शोबाट करिब ३० हजार हङकङ डलर बराबरको मोतीको हार चोरी भएको छ।

कर्मचारीहरूले मोतीको हार हराएको र चोरी भएको आशंकापछि दिउँसो प्रहरीमा रिपोर्ट दर्ता गराएका छन्।

प्रहरी अनुसन्धान जारी छ र अधिकारीहरूले सुरक्षा क्यामेरा फुटेज जाँच गरिरहेका छन्।

अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।

हङकङ कन्भेन्सन एण्ड एग्जिबिसन सेन्टरमा हङकङ इन्टरनेशनल डायमण्ड, जेम एण्ड पर्ल शो र हङकङ इन्टरनेशनल ज्वेलरी शो आयोजना भइरहेको छ। बुधबारदेखि शुरु भएको ज्वेलरी शो भोलि आइतबारसम्म चल्ने छ।





Comments

comments

68656