ट्याक्सीको ठक्करबाट ट्युन मुनमा पैदलयात्रीको मृत्यु..

एचकेनेपाल डट कम –

हङकङ, ४ मार्च। ट्याक्सीको ठक्करबाट आज बिहान ट्युन मुनमा पैदलयात्रीको मृत्यु भएको छ।

आज बिहान करिब ५ बजे ६८ वर्षका एक ज्येष्ठ नागरिकलाई टुन मुन ह्युङ से वुई रोडमा ट्याक्सीले ठक्कर दिएको थियो।

दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए। उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको जनाइएको छ।

सडक पार गर्न पैदलयात्रीको लागि बनाइएको फ्लाईओभर ब्रिज प्रयोग नगर्दा यो दुर्भाग्यपूर्ण घटना भएको हुन सक्ने अनुमान गरिएको छ।





Comments

comments

68664