Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हिमालको चुचुरोमा ६ मिनेट नाङ्गै

लोकेन्द्र कुमार बस्नेत / एचकेनेपाल डट कम –
नेपाली लामो दूरीका अल्ट्रा म्याराथुन धावक एवं हिम आरोही सञ्जय पण्डितले रसियामा रहेको युरोपको बिश्व चर्चित अग्लो हिमाल एल्बुरसमा ६ मिनेट ३ सेकेण्ड आधा नाङ्गिएर किर्तिमान गरेका छन्।

प्रतिकुल मौसमका कारण निर्धारित समय भन्दा २ दिन पछि यहि २० जुलाईका दिन गरिएको सो आरोहणमा उनले रसियाको चर्चित पर्वत माउण्ट चिर्गाड पनि सफलतापूर्बक अरोहण गरेका छन्। यसअघि सातै महादेशका सातै ठूला हिमचुलीको आरोहणको सिलसिलामा रहेका पण्डितले एसिया अफ्रिका तथा युरोपको उच्च हिमाल आरेहण गरिसकेका छन्।

उनले नेपालका मनास्लु, छुकुंग्री, आइल्याण्डपिक, नार्गाजुन हिमाल जस्ता दर्जनौ हिमालको आरोहणका गरिसकेका छन्। सबै हिमाल चढ्ने पण्डित नेपालका प्रथम अल्ट्रा म्याराथुन धावक पनि हुन्। उनले आफूलाई सहयोग गर्ने नेपाल सरकार, खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद, नेपाल पर्वतारोहण संघ, नेपाली युवा उद्यमी मञ्च, गोल्डेनगेट कलेज, सिल्भर माउन्टेन कलेज, कान्तिपुर इन्टरनेशनल कलेज, नेपाल इन्भेष्टमेन्ट बैंक र आइएमइलाई धन्यबाद दिए।

सञ्जय युरोपको सर्बोच्च शिखर ५ हजार ६ सय ४२ मिटर उचाईको एल्बु्रस हिमालमा चढ्ने ६ मिनेटसम्म अर्धनग्न बसेर आफूले बिश्व किर्तिमानि कायम गरेको दाबीसहित आफ्नो किर्तिमानी दर्ता गराउने प्रक्रियामा रहेको दाबी गरेका छन्। उनले यसपछि अमेरिकाको डेनाली हिमाल आरोहण गर्ने योजना रहेको बताए। माइनस ६० डिग्री न्युन तापक्रम रहेको कारणले गर्दा सञ्जयको मुखैभरी नराम्रो दाग देखिदएको छ भने खुट्टाहरुमा फ्रस्टबाइटले आक्रमण गरेका छन्। नेपाल र नेपालीलाई साहसिक खेलकुदको माध्यमबाट चिनाउन पाउदा आफलाई गर्ब महशुस गरेको उनले बताएका छन्।





Comments

comments

692