Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ५१ हजार थप

दिनानाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ९ साउन। सहारा एकेडेममीलाई दिगो रुपमा संचालन गर्ने उद्धेश्यले स्थापना गरिएको सहारा एकेडेमी अक्षयकोषमा रकम आउने क्रम जारी रहेको छ।

पछिल्लो क्रममा पोखरा रामघाट बडा न. १० निवासी हाल यूके सहाराका सल्लाकार खुसिमान गुरुङ र श्रीमति मिना कुमारी गुरुङले सहारा एकेडेमीको अक्षयकोषको लागि १ लाख एक हजार रुपैया सहयोग गरेका छन्।

यस्तै ल्वाङघलेल निवासी सहारा यूकेका महासचिब मिन वहादुर गुरुङ (माईला) र श्रीमति शारदा गुरुङ र छोरीहरु निन्सा र सलिना ले ५० हजार एक समारोहका विच क्लवका अध्यक्ष विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

बेलायतबाट पोखरा आउने क्रममा एकेडेमी अवलोकन गरेका गुरुङले एकेडेमी संचालन गर्न सहज होस् भन्ने उद्धेश्यले आफ्नो क्षेत्रबाट सानो सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे।

दाताको सहयोगबाटै एकेडेमीको यात्रा यहाँसम्म आएको बताउदै अध्यक्ष आचार्यले दिगो रुपमा एकेडेमी संचालन गर्न स्थापना गरिएको सहारा एकेडेमी अक्षयकोषमा हालसम्म ६ लाख रुपैया संकलन भएको बताए।

समारोहमा सहारा क्लब यूकेका वरिष्ठ सल्लाकार महेश गुरुङ , सल्लाहकार मुछेत्र गुरुङ , तमु प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष झम गुरुङ र समाजसेवी हर्क गुरुङले शुभकामना मन्तब्य दिएका थिए।

दोविल्लामा आफ्नै भवनमा हालै संचालनमा आएको सहारा एकेडेमिमा कठिन परिस्थिति एवं विपन्न वर्गको वालकहरु सम्मिलित सहारा एकेडेमीमा हाल १२ जिल्लाका २२ जना वालकहरु रहेको क्लवका महासचिव केशवबहादुर थापाले बताए। क्लवले उक्त एकेडेमीमा ३० जना पुराउने लक्ष्य राखेको छ।

तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम





Comments

comments

695