Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भियतनामी अमेरिकन समुदायद्वारा भूकम्पपीडितलाई ४ करोड सहयोग

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अमेरिकामा रहेका भियतनामी अमेरिकन समुदायले विनासकारी भूकम्पबाट नेपालमा धनजनको ठूलो क्षति भएकोमा दुख व्यक्त गर्दै वाशिंगटन डिसीस्थित नेपाली दूताबासमा एक टोली पुगी ४ करोड हस्तान्तरण गरेका छन्।

भियतनामी अमेरिकन समुदायद्वारा सन् २००१ मा अमेरिकाको क्यालिफोर्नियाबाट प्रशारण हुदै आएको सैगुन ब्रोडकास्टिंग टेलीभिजन नेटवर्कको पहलमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीलाई दूताबासमा बुझाएका हुन्।

राजदूत डा कार्कीले उक्त रकम बुझ्दै टोलिलाई नेपाल सरकार तथा दूताबासको तर्फबाट धन्यबाद दिनु भयो। राजदूत डा कार्कीले भियतनामी अमेरिकन समुदायले बुझाएको रकम प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमार्फत भूकम्प पीडितलाई खर्च गरिने बताउनु भयो।

भियतनामी अमेरिकन समुदायको प्रतिनिधित्व गर्दै भेटघाट गरेको उक्त सैगुन ब्रोडकास्टिंग टेलीभिजन नेटवर्कले दुख ब्यक्त गर्दै आफूले यतिसम्म आर्थिक सहयोग गर्न सकेको बताएका थिए। उक्त रकम टेलीभिजन नेटवर्कले आफ्ना दर्शक, शुभचिन्तकबाट नेपालका भूकम्प पीडितहरुका लागि संकलन गरिएको जानकारी दूताबासका मिनिस्टर /कन्सुलर नारायण प्रसाद मैनालीले बताउनु भयो।

सैगुन ब्रोडकास्टिंग टेलीभिजन नेटवर्कका उपाध्यक्ष दो फु को ,टोलि तथा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने तथा उक्त संचालक समितिका एक सदस्य रहेकी डा बिन्ह टि नुगेनको संयोजनमा डिसी दूताबासमा ४ लाख डलर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।





Comments

comments

Leave a Reply

6936