तीनवटा बैंकको साँवा र ब्याज चुक्ता गर्न नगरेपछि अग्नी एयरका ५ वटा जहाज लिलाम हुने भएका छन्।
ग्रान्ड बैंकको अगुवाइमा सनराज बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सको सहवित्तीयकरणमा प्रदान गरिएको ऋण तिर्न पटक पटक ताकेता गर्दा पनि नतिरेको भन्दै बैंकहरुले धितोमा रहेका जहाज लिलाम गर्न लागेका हुन्।
अग्निमा ग्रान्ड र सनराजको ३५-३५ प्रतिशत लगानी रहेको समाचार नागरिक दैनिकले छापेको छ।