Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कतार रेड क्रिसेन्टका प्रमुख नेपाल भ्रमणमा

तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
दोहा, कतार। गत बैशाख १२ गतेको महाभूकम्पको पछि त्यहाँको जनजीवनको वस्तुस्थिति बुझदै थप सहयोग प्रदान गर्ने उद्देश्यले कतार रेड क्रिसेन्टका प्रमुख डा. अबु मुवारक सालेह अल मोहानादीले हालै नेपाल भ्रमण गरेका छन्।

नेपालका लागि कतारी राजदूत डा.अहमद अल हमार, कतारस्थित नेपाली समुदायका विद्धान र नेपाल तथा कतार सरकार विचको सहकार्य, समन्वय र प्रगाढ सम्बन्धका लागि निकै महत्वपूर्ण भूमिका खेलिरहेका समाजसेवी एवं कतार सरकार गृह मन्त्रालयका नेपाली परामर्शदाता तथा एनआरएनए कतारका कानुनी सल्लाहकार प्रोफेसर रमजान अलि मिँया, नेपालमा राहत तथा उद्धारका कार्यमा खटिरहेका कतार रेड क्रिसेन्टका टिम, सभासद जाकिर हुसैन लगायतले डा.अबु मुवारक सालेहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काडमाडौंमा भव्य स्वागत गरेका थिए।

नेपालमा कतार रेड क्रिसेन्टले गरिरहेको राहत तथा उद्धार कार्यको अनुगमन र स्थलगत निरीक्षण गर्दै नेपाललाई आवश्यक थप सहयोग गर्ने कतार रेड क्रिसेन्टका प्रमुख डा. अबु मुवारक सालेह अल मोहानादीको भ्रमणको उद्देश्य रहेको प्रोफेसर रमजान अलि मिँयाले नेपालबाट जानकारी दिए।

भूकम्प पीडितहरुलाई राहत तथा उद्धार गर्ने सवालमा अरव राष्ट्रहरुमध्ये मध्यपूर्वबाट कतार रेड क्रिसेन्टले नेपालमा भूकम्प गएको करीव ८ घण्टाभित्रमा १२ मिलियन कतारी रियाल सहयोग गर्ने घोषणा गरेको थियो।

हाल कतार रेड क्रिसेन्ट टिम नेपालको भूकम्पपीडित विभिन्न जिल्लाहरुमा राहत वितरणको साथसाथै फिल्ड अस्पताल समेत संचालन गरिरहेको प्रो. रमजान अलि मिँयाले जानकारी दिए।





Comments

comments

Leave a Reply

6955