हङकङ बस दुर्घटनामा ४७ यात्रु घाइते, बस चालक पक्राउ…

एचकेनेपाल डट कम –

हङकङ, २० मार्च। हङकङको चेउङ शा वानमा आज बिहान बस दुर्घटना हुंदा कम्तीमा ४७ जना यात्रु घाइते भएका छन्। खतरनाक सवारी चलाएको अभियोगमा प्रहरीले केएमबी डबल डेकर बसका चालकलाई पक्राउ गरेको छ।

बस चिङ चेउङ रोडमा सडकबीचको ब्यारियरमा ठोक्किएर दुर्घटना भएको हो। बसमा चालकसहित करिब ७७ यात्रु सवार थिए भने ४७ जनालाई अस्पताल पठाइएको छ।

दुर्घटना रुट २९० ए को चुन वान वेस्ट स्टेशनतर्फ भएको हो। बस चालकले गाडीको नियन्त्रण गुमाएर ब्यारियरमा ठोक्किएपछि बसको बायाँतर्फ विन्डशिल्डलगायत भागमा ठूलो क्षति पुगेको छ।

उद्धार गर्न करिब एक घण्टासम्म लागेको थियो। चालक केही बेर बेहोस भए पनि पछि होश आएका थिए।

उद्धारमा १५ दमकल, ३३ एम्बुलेन्स र दमकल तथा एम्बुलेन्सका गरी १२० जना उद्धारकर्मी परिचालन गरिएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

69865