हङकङ बस दुर्घटनामा ४७ यात्रु घाइते, बस चालक पक्राउ…

एचकेनेपाल डट कम –

हङकङ, २० मार्च। हङकङको चेउङ शा वानमा आज बिहान बस दुर्घटना हुंदा कम्तीमा ४७ जना यात्रु घाइते भएका छन्। खतरनाक सवारी चलाएको अभियोगमा प्रहरीले केएमबी डबल डेकर बसका चालकलाई पक्राउ गरेको छ।

–

बस चिङ चेउङ रोडमा सडकबीचको ब्यारियरमा ठोक्किएर दुर्घटना भएको हो। बसमा चालकसहित करिब ७७ यात्रु सवार थिए भने ४७ जनालाई अस्पताल पठाइएको छ।

–

दुर्घटना रुट २९० ए को चुन वान वेस्ट स्टेशनतर्फ भएको हो। बस चालकले गाडीको नियन्त्रण गुमाएर ब्यारियरमा ठोक्किएपछि बसको बायाँतर्फ विन्डशिल्डलगायत भागमा ठूलो क्षति पुगेको छ।

–

उद्धार गर्न करिब एक घण्टासम्म लागेको थियो। चालक केही बेर बेहोस भए पनि पछि होश आएका थिए।

उद्धारमा १५ दमकल, ३३ एम्बुलेन्स र दमकल तथा एम्बुलेन्सका गरी १२० जना उद्धारकर्मी परिचालन गरिएको थियो।

–
–
–




Comments

comments

69865