Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनमा नेपाल फेरि ‘थिम’ बन्ने

कुन्मिङ (चीन) – तेस्रो चीन-दक्षिण एसिया एक्स्पो र २३ औं कुनमिङ मेलामा सक्रिय सहभागी नेपाल आउने वर्ष पुनः यसको ‘थिम’ बन्ने भएको छ। नेपालले राखेको उक्त प्रस्तावमा युन्नान प्रान्त सकारात्मक भएको छ। केन्द्रीय सरकारसँगको समन्वयपछि यसको टुंगो लाग्नेछ।

अघिल्लो वर्ष नेपाल ‘थिम’ रहेको र नेपालबाट प्रधानमन्त्री सुशील कोइराला नै सहभागी भएको उक्त मेलामा यस पटक वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा सहभागी भएर फर्केका हुन्। यस वर्षको एक्स्पोमा भारत ‘थिम’ थियो। कान्तिपुर दैनिकमा समाचार छ।

नेपालले आगामी वर्ष ‘विषय मुलुक’ बन्न रुचि देखाएको युन्नान प्रान्तीय सरकारका उपसचिव ली च मिङले कान्तिपुरलाई बताए। नेपाली उत्पादनलाई एक्स्पोले राम्रो प्रवर्द्धन गरेकामा नेपाल सरकार उत्साही रहेको उनले बताए।

नेपालका गरिब ग्रामीण महिलाले बनाएका हस्तकलाका सामानलाई युन्नान प्रान्तले खरिद गरिदिएमा नेपाली महिलाको जीवनस्तरमा सुधार आउने धारणा वाणिज्य तथा आपूर्ति मन्त्री थापाले युन्नान प्रान्त सरकारसमक्ष राखेको उपसचिव लीले बताए।





Comments

comments

Leave a Reply

7024