Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रहरीलाई नै हैरान पार्ने पेशेवर चोर कति छन् उपत्यकामा?

काठमाडौं- उपत्यकामा पाँच सयभन्दा धेरै पेसेवर ‘चोर’ रहेको अनुमान छ। यसमध्ये करिब ६० जना प्रहरी हिरासतमा छन्।

१२ वैशाखको भूकम्पयता महानगरीय अपराध महाशाखाले मात्र ५० जना चोरीका अभियुक्त पक्राउ गरेको छ। पक्राउ परेका केही जेलमा छन्। तर, ठूलो संख्यामा चोरीका अभियुक्त पक्राउ परे पनि चोरीका घटना नियन्त्रण हुन सकेको छैन।

सयभन्दा धेरै पाकेटमारहरुको समूहसमेत राजधानीमा सक्रिय रहेको प्रहरीले जनाएको छ। उपत्यकाका विभिन्न क्षेत्रमा विभिन्न चोरका समूह सक्रिय हुने गरेको प्रहरी अधिकारी बताउँछन्। दिउँसो चोर्ने, राति चोर्ने तथा केही सिक्री तान्ने त केही हतियार देखाएर डकैती गर्ने समूह सक्रिय रहेको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।





Comments

comments

Leave a Reply

5692