फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको आह्वान

–

फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले मङ्गलबार हडतालको आह्वान गरेका छन्। उनीहरूले शिक्षा क्षेत्रमा खर्च बढाउन सरकारमाथि दबाब जारी राखेका छन्।

फ्रान्समा यस अघि भएका प्रदर्शन हिंसात्मक हुँदा ठूलो सङ्ख्यामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए।

आन्दोलनले हिंसात्मक प लिएपछि सरकारले देशका शहरी क्षेत्रमा व्यापक सुरक्षादस्ता परिचालन गरेको थियो।

फ्रान्सले हप्ताौँदेखि विद्यालय बन्द र प्रदर्शनलाई निरन्तरता दिएको छ । शिक्षक र विद्यार्थी सङ्घका ट्रेड युनियनहरूले शनिबार नयाँ आन्दोलनको घोषणा गर्दै संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “उनीहरूको आन्दोलन ‘शक्तिशाली अवस्थामा छ र सरकार कमजोर अवस्थामा छ र झुक्न थालेको छ।”

वक्तव्यमा भनिएको छ, “सरकारमाथि दबाब कायम राखेर आन्दोलनलाई फराकिलो बनाउने यही बेला हो। यसका लागि मङ्गलबार एक दिन पुनः देशव्यापी हडतालको आह्वान गरिएको छ।” रासस





Comments

comments

142113