Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालको रिचार्ज कार्डले कोरियामा लोभ लाग्दो कमाइ

दक्षिण कोरिया, रोजगारीका लागि दक्षिण कोरिया रहेका एक युवा नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड बिक्री गरी आकर्षक कमाइ गरिरहेका छन्।

धादिङका बलराम सिलवालले कार्ड बिक्रीबाट मासिक डेढलाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका हुन्। सिलवालले रोजगारका अतिरिक्त कार्ड खरिद बिक्रीबाट राम्रो कमाइ गरिरहेका छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामका लागि कोरिया आएका सिलवालले नेपाली युवालाई रिचार्ज कार्ड बेच्दै आएका छन्। रिचार्ज कार्ड खरिदका लागि सुरुमा पाँच लाख वनबाट कारोबार सुरु गरेका उनले हाल सातामा ८० लाख वन बराबरको कार्ड खरिद बिक्री गरिरहेको बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ। नेपाली युवाले कोरियामा उनीसँग खरिद गरेका कार्ड नेपालमा आफन्तलाई रिचार्ज गर्ने गरेका छन्। कोरियाबाट नेपालमा गरिने कल महसुल दरभन्दा नेपालबाट कोरिया कल गर्दा धेरै सस्तो हुने हुनाले कार्ड यहाँ खरिद गरी नेपालमा रिचार्ज गरेर फोन गर्न लगाउने गरेका छन्।

सिलवालले फेसबुकमार्फत आफ्ना ग्राहक बढाइरहेका छन् । पाँच हजारभन्दा बढी युवाले उनीसँग् कार्ड खरिद गर्ने गरेको जानकारी दिए। पाँच सय र हजार रुपैयाँका रिचार्ज कार्ड खरिद गर्नेको संख्या बढी छ।





Comments

comments

Leave a Reply

7151