हङकङमा पर्यटक आगमनको रेकर्ड, एकै दिन ४ लाख बढी पर्यटक भित्रिए… !

एचकेनेपाल डट कम –
हङकङ, १ मे। हङकङमा एकै दिन आइतवार ४ लाख ७ हजार पर्यटक भित्रिएका छन्।

हङकङ अध्यागमन विभागले मे १ मा जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार ३० अप्रिलमा करीब ४०७,००० पर्यटक हङकङका बन्दरगाह हुँदै प्रवेश गरेका छन् जसमा करिब १ लाख ५६,००० मुख्य भूमि चीनबाट आएका आगन्तुक रहेका छन्।

मुख्य भूमि चीनमा गोल्डेन वीक बिदा चलिरहंदा हङकङमा आगन्तुकहरूको संख्या उल्लेखनीय रूपमा बृद्धि भएको हो।

छुट्टीको अवधिमा आगन्तुकहरूको वृद्धि हङकङको पर्यटन उद्योगको लागि सकारात्मक संकेत मानिएको छ, जुन हालैका वर्षहरूमा कोभिड-१९ महामारी र सामाजिक अशान्तिले नराम्ररी प्रभावित भएको थियो।

Photo: SCMP





Comments

comments

72700