युवतीसँग घुसबापत असईले किस मागेपछि …

मापसे चेकजाँचका क्रममा घुसवापतत किस माग्दै युवतीलाई यौन दुर्व्यवहार गर्ने ट्राफिक प्रहरीका असई सात महिनापछि कारबाहीमा परेका छन्।

असई पुरुषोत्तम ढकाललाई विभागीय कारबाहीस्वरुप तीन ग्रेड रोक्का गरिएको छ। गत २ मंसिरमा डिल्लीबजारमा मापसे चेकिङका क्रममा उनले स्कुटरचालक युवतीलाई बिलबुक नवीकरण नगरेको भन्दै कारबाही गर्न खोजेका थिए। तर, एकपटक किस गर्न दिए कारबाहीबाट जोगाइदिने भन्दै उनले युवतीसँग बार्गेनिङ गरेका थिए। पछि युवतीकै स्कुटरको पछाडि बसेर दुर्व्यवहार गरेका थिए।

भोलिपल्ट युवतीले महानगरीय ट्राफिक प्रहरी महाशाखामा उजुरी दिएकी थिइन्। सोही दिन महाशाखाले उनलाई निलम्बन गरी छानविन थालेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ। चेकिङमा परेकी युवतीलाई विभिन्न बहानामा नियन्त्रणमा लिएर उनले दुर्व्यवहार गरेको छानविनका क्रममा समेत पुष्टि भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7287