Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वमन्त्री आलम प्रहरीको मोस्ट वान्टेड सूचीमा

हत्या अभियोग लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमलाई प्रहरी प्रधान कार्यालयले मोस्ट वान्टेड सूचीमा राखेर खोजीकार्य अघि बढाएको छ।

७ वर्षअघि बम विस्फोटमा परी घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय रौतहटले छानबिन थालेपछि पूर्वमन्त्री आलम फरार भएको समाचार कारोबार दैनिकले छापेको छ।

१ महिनाअघि सर्वोच्च अदालतले रौतहट प्रहरीलाई पक्राउ अभियुक्त पक्राउ नगर्नुृको कारण खोजेपछि उनी फरार बनेको स्रोतले जनायो। प्रहरी स्रोतका अनुसार आलम अहिले भारतमा छन्। आलम पहिलो संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी बनेका थिए।





Comments

comments

Leave a Reply

7279